नेशनल माइक्रोफाइनान्सले ८० हजार कित्ता शेयर बिक्री गर्ने

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

May 30, 2021 | 03:16:47 PM मा प्रकाशित

laxmi bank

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक समूह अन्र्तगतको ८० हजार कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु. १ हजार २२ रुपैयाँ तोकिएको छ । 

संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले २०७८ जेठ १६ गते देखि जेठ ३० गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी प्रति कित्ता आपूmले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved