लघुवित्त सेवालाई कोरोना प्रभावित अत्यावश्यक सेवामा समावेश गर्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2021 | 04:45:23 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त संघ नेपालका अध्यक्ष जगत पोखरेलले लघुवित्त सेवालाई कोरोना प्रभावित अत्यावश्यक सेवामा समावेश गर्न आग्रह गरेका छन् । लघुवित्त संघ नेपालको आयोजनामा भएको भर्चुअल अन्तरक्रियामा उनले उक्त आग्रह गरेका हुन् । 

सरकारबाट लक्षित समुहका लागि उपलव्ध गराउने राहत प्याकेजहरु लघुवित्त बैंकहरु मार्फत उपलब्ध गराउनु प्रभावकारी हुने उनको भनाइ थियो । 

यस्तै लघुवित्त बैंकका संचालकहरुले किस्ता तिर्ने समयअवधी थप गर्न र कर्जा पूनर्तालिकीकरण सुविधा दिन सरकारसँग माग गरेका छन । यस्तै सरोकारवालाहरुले कोरोना प्रभावितहरुका लागि सहुलियत दरमा पुनर्कर्जा उपलब्ध गराउन पनि आग्रह गरेका थिए । 

कोरोनाभाइरुसको महामारीका कारण ग्राहकहरुले किस्ता तिर्न नसकेको र नपाएकोले त्यसका लागि सरकारले ध्यान दिनु पर्ने उनीहरुको माग छ। 

लघुवित्त संघ नेपालको आयोजनामा भएको भर्चुअल अन्तरक्रियामा सरोकारवालाहरुले कोरोना प्रभावितहरुका लागि सहुलियत दरमा पुनर्कर्जा उपलब्ध गराउन पनि आग्रह गरेका थिए ।

सरकारले हालै सार्वजनिक गरेको नयाँ आर्थिक वर्षको बजेटमा लघुवित्तका बारेमा पर्याप्त सम्वोधन नभएपनि अब जारी हुने मौद्रिक नीतिमा सम्वोधन गरिदिनु पर्ने उनीहरुको भनाइ छ । 

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल सरकारका पूर्व सचिव तथा लघुवित्त विज्ञ डा. मान बहादुर विश्वकर्माले कोरोना प्रभावित क्षेत्रलाई लक्षित गरी विशेष सहुलियत प्याकेज पनि ल्याउनुपर्नेमा जोड दिए । 

उनले महामारीका बेलामा अति प्रभावित ऋणि ग्राहकको ब्याज अनुदान दिने व्यवस्था गर्न पनि सरकारालाई सुझाव दिएका थिए । 

ग्रामिण क्षेत्रलाई लक्षित गरेर सेवा दिँदै आइरहेका लघुवित्त बैंकहरु देशका सबै जिल्लामा रहेको र ती बैंकहरु मार्फत सेवा प्रवाह गर्दा आम नागरिकलाई पनि सजिलो हुने अध्यक्ष पोखरेलले दावी गरेका थिए । 

कार्यक्रममा माइक्रोफाइनान्स बैंकर्स एसोसिएसनका अध्यक्ष विकास लम्सालले राहतका कार्यक्रमहरुलाई नै अहिले जोड दिनुपर्ने धारणा राखेका थिए । 

सो अवसरमा लघुवित्त संचालकहरुको सुझाव र आग्रहलाई सकारात्मक रुपमा लिएको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा निलम ढुंगाना, अर्थ मन्त्रालयका सहसचिव दिर्घराज मैनालीले बताएका  थिए ।

उनीहरुले ग्रामिण अर्थतन्त्र र न्युन आय भएका महिलाहरुका लागि लघुवित्त बैंकहरुले ठूलो सहयोग गरिरहेकाले त्यसलाई सरकारको तर्फबाट प्रोत्साहन गराउने कार्यक्रमका लागि आफूहरुले पहल गर्ने आश्वासन दिएका थिए । 

देशभरका झण्डै ६० लघुवित्त वित्तिय संस्थाका संचालक र प्रमुख कार्यकारी अधिकृतहरु गरी झण्डै तीन सय जनाको सहभागीतामा भएको कार्यक्रममा मौद्रिक नीतिका लागि संघको तर्फबाट दिने सुझावहरुको संकलन गरिएको संघका महासचिव वावुराम विश्वकर्माले जानकारी दिए । 

कार्यक्रमबाट प्राप्त सुझावहरुलाई समेटेर संघले चाडै नै मौद्रिक नीतिका लागि सुझाव पत्र तयार पारी नेपाल राष्ट्र बैंकलाई लिखित रुपमै बुझाउने तयारी समेत गरेको संघका सचिव अनन्त कुमार श्रेष्ठले बताए । त्यसका लागि विज्ञहरुको टोली समेत बनाइएको उनले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved