एन आई सी एशिया लघुवित्तले सुरु गर्यो डिजिटल भुत्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2021 | 02:35:52 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था NIC ASIA Laghubitta Bittiya Sanstha ले डिजिटल भुक्तानी सेवाको सुरुवात गरेको छ । संस्थाले   कोभिड–१९ तथा निषेधाज्ञाको परिस्थितिमा ग्राहको स्वास्थ स्थिति तथा दैनिक ब्यवसायिक कार्यक्रमलाई ध्यानमा राखि डिजिटल माध्यमबाट बचत तथा कर्जाको भुक्तानी गर्न सकिने सेवाको शुरुवात गरेको हो ।  

ई–सेवा फोन पे प्रा.लि सँग सम्झौता गरी सोको डिजिटल प्याटर्फम मार्फत बचत जम्मा तथा भुक्तानी गर्न सकिने गरी सो सेवा उपलब्ध हुने संस्थाले जनाएको छ ।  यसबाट ग्राहक सदस्यहरुले अब घरैमा बसेर जुनसुकै समयमा ई–सेवाको मोबाईल एप तथा वेभसाइट मा लगइन गरी यो सेवाको उपयोग गर्न सक्ने छन्  । साथै यो सेवा  नेपालमा मात्रै नभएर विदेशबाट पनि उपयोग गर्न सकिने संस्थाले जनाएको छ । 

 सो सेवाको लागि https://esewa.com.np/#/make_payment/NP-ES-NICAL/NIC%20Asia%20Laghubitta%20Bittiya%20Sanstha%20Limited लिकंमा गएर सो फाराममा माग भए बमोजिमको आफ्नो सदस्यता नंबर तथा सामान्य जानकारी मात्र राखेर सजिलै यो सेवा लिन सकिनेछ भने सोमा कुनै समस्या भएमा ९८५६०४६२००.नंम्बरमा सम्पर्क गरी समाधान गर्न सकिने संस्थाले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved