मिर्मिरे लघुवित्तका सीइओ याक्सोले दिए राजिनामा, न्यौपानेलाई निमित्तको जिम्मेवारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2021 | 12:02:58 PM मा प्रकाशित

laxmi  sunrise bank
मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha  का प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोले पदबाट राजिनामा दिएका छन् । याक्सोले पदबाट स्वेच्छिक  अवकाश लिने भन्दै राजिनामा दिएका हुन् । 
कम्पनीको जेठ ११ गते बसेको संचालक समितिको बैठकले २०७८ असार १ गतेदेखि लागु हुने गरि उनको राजिनामा स्वीकृत गरेको छ । 

त्यस्तै जेठ २९ गते बसेको संचालक समितिको बैठकले राजेन्द्र प्रसाद न्यौपानेलाई असार १ गतेदेखि लागु हुने गरि निमित्त प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको  छ । उनले दैनिक आर्थिक तथा प्रशासनिक कार्य संचालन गर्ने छन् । न्यौपाने हाल संस्थामा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा छन् । 

त्यस्तै कम्पनीको स्वतन्त्र संचालकमा प्रविण भट्टराई नियुक्त भएका छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved