फरवार्डको संस्थापक सेयर बिक्रि हुँदा आरएमडिसीको वित्तीय अवस्थामा कस्तो असर पर्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2021 | 12:18:08 PM मा प्रकाशित

laxmi  sunrise bank

आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड RMDC Laghubitta Bittiya Sanstha ले आफुसँग भएको फरवार्ड माइक्रोफाइनान्सको सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। लघुवित्तले ३३ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो।

लघुवित्तले सार्वजनिक गरेको सूचनाअनुसार उसले आफ्नो नाममा रहेको फरवार्ड माइक्रोफ़ाइनान्सको ३ लाख ९४ हजार ६३४ दशमलब ४६ कित्ता ससंस्थापक सेयर न्युनतम प्रतिकित्ता ८५० रुपैयाँमा लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो। 

'घ' बर्गको लघुवित वित्तीय संस्थाको लागि राष्ट्र बैंकले जारि गरेको निर्देशनअनुसार लघुवित्तले आफुसंघ रहेको फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो। इच्छुकले असार १७ गते ३ बजेसम्म तोकिएको मापदण्ड पुर्याएर आबेदन दिनुपर्नेछ। 

आरएमडिसीको वित्तीय अवस्थामा कस्तो असर पर्छ ?

फरवार्डको उक्त संस्थापक सेयर लिलाम बढाबढ मार्फत प्रति कित्ता न्युनतम ८५० रुपैयाँमा बिक्रि गर्दा आरएमडिसीलाई ३३ करोड ५४ लाख ३९ हजार २९१ रुपैयाँ आम्दानी हुन्छ। यसमा आरएमडिसीको लागत १ करोड ५० लाख रुपैयाँ हो भने आम्दानीको निश्चित प्रतिशत कर बुझाउनुपर्ने हुन्छ। त्यसैले आरएमडिसीलाई फरवार्डको संस्थापक सेयर बिक्रि गर्दा करिब ३२ करोड रुपैयाँ खुद आम्दानी हुन जान्छ।      

आरएमडिसीलाई प्राप्त यो आम्दानीमा उसले तेस्रो त्रैमाससम्म गरको २० करोड ५३ लाख ३० हजार खुद आम्दानी र असार मसान्तसम्मको व्यवसायबाट प्राप्त हुने खुद आम्दानी जोड्दा उसको खुद आम्दानि उल्लेख्य रुपमा बढ्न गई प्रति सेयर आम्दानी करिब ६० रुपैयाँ हाराहारी पुग्ने देखिन्छ भने मुल्य आम्दानीको अनुपात पनि दोस्रो बजारमा सेयर मुल्य प्रति सेयर १३०० रुपैयाँ मान्दा करिब २२ रुपैयाँ हुने देखिन्छ। यो पीई रेसियो माइक्रोफ़ाइनान्सहरु मध्येमै सबै भन्दा कम हो। 

तेस्रो त्रैमाससम्मको वित्तीय विवरण हेर्दा आरएमडिसीको प्रति सेयर आम्दानी २६.४७ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीको अनुपात ४६ रुपैयाँ ४३ पैसा रहेको छ। सेयरको दोस्रो बजारमा मुल्य आम्दानीको अनुपात औशतमा ५० रुपैयाँ भन्दा माथि रहेकोमा आरएमडिसीको २२ रुपैयाँ हुन सक्ने देखिन्छ। आरएमडिसीको चुक्ता पुंजी १ अर्ब ३ करोड रहेको छ भने रिजर्भमा १ अर्ब ७१ करोड रहेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved