कोभिडको कारण लघुवित्तका कर्मचारीहरु प्रभावित, १७ सयमा देखियो संक्रमण

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jun 15, 2021 | 11:51:39 AM मा प्रकाशित

कोभिड – १९ को कारण लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु प्रभावित भएको देखिएको छ । नेपाल लघुवित्त बैङ्कर्स संघले कोभड–१९ महामारीको दोस्रो लहरको दौरान गरेको एउटा लघु–सर्वेक्षणमा उक्त कुरा उल्लेख छ । 

सर्वेक्षणले कुल १८ हजार ४५२ कर्मचारी मध्ये १ हजार ७३६ जना (९.४१%) संक्रमित भएको र ५ जनाको (०.०३%) मृत्यु भएको देखाएको छ । 

लघुवित्त वित्तीय संस्थाहरुले कर्मचारी तथा सदस्यको सुविधाका लागि नविनतम व्यवस्थाहरु गरेको जनाइएको छ । कर्मचारीका लागि सिफ्ट तथा घरबाटै काम गर्ने, कोभिड परीक्षण÷खोप, बीमामा थप सुविधा, स्वास्थ्य परामर्श लगायतका व्यवस्थाहरु भएका छन् भने सदस्यका लागि स्वास्थ्य स्थितिको अनुगमन, सचेतना कार्यक्रम, शुल्क जरिवाना मिनाहाको व्यवस्था भएको जनाइएको छ । साथै केही संस्थाहरुले संक्रमित कर्मचारीका लागि उपचार खर्च, विदा सहुलियत तथा निब्र्याजी ऋणको व्यवस्था गरेको जनाइएको छ । 

लघुवित्त संस्था सञ्चालन सम्बन्धमा सर्वेक्षणले देखाएको नतिजा संक्षिप्त रुपमा यस्तो छ , 

१. कर्मचारी तथा सदस्य स्वास्थ्य सुरक्षा मापदण्डको पालना

व्यवसाय सञ्चालन गर्दा संस्थाहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड कर्मचारीको हकमा (पञ्जा, मास्क र फेस शिल्डको प्रयोगका साथै कम्तिमा एक मिटर दूरीको पालना) पूर्ण रुपमा र सदस्यको हकमा (साबुन पानी÷सानिटाइजर र मास्कको व्यवस्थाका साथै कम्तिमा एक मिटर दूरीको पालना) आंशिक रुपमा मात्र पालना गरेका छन् ।

२. व्यवसाय सञ्चालन तथा कार्यक्षेत्रमा आवागमन

अत्यधिक संस्थाहरु ९३ प्रतिशतले स्थानिय निकायका निषेधाज्ञा÷बन्दाबन्दीका कारण आप्mनो व्यवसाय आंशिक रुपमा मात्र सञ्चालन गरेका छन् भने बाँकी ७ प्रतिशत  पूर्ण रुपमा बन्द छन् । यसरी नै धेरै ६२ प्रतिशत संस्थाहरुले कार्यक्षेत्रमा आवागमन (केन्द्र बैठक तथा सदस्य भेटघाट) बन्द गरेका छन् भने एक तिहाईले अझै आंशिक रुपमा आवागमन कायम राखेका छन् ।

३. सदस्य सहयोग तथा राहतका लागि कदम

संस्थाहरुले सदस्य सहयोग तथा राहतका लागि विद्युतिय भुक्तानी प्रणाली २५ प्रतिशतले सञ्चालन गरिसकेको र ४० प्रतिशतले सञ्चालनको योजना बनाएको) र व्याजमा छुट १८ प्रतिशतले दिई रहेको र ६४ प्रतिशतले दिने योजना बनाएको) को व्यवस्था गरेको छ ।

४. कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि कोषको प्रयोग

संस्थाहरुले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि आफुसँग रहेका कोषहरुको न्यायपूर्वक परिचालन गर्दै गरेका छन् । तिनीहरु मध्ये ४७% ले ग्राहक संरक्षण कोषको प्रयोग गरिसकेका छन् भने ५०% ले संस्थागत सामाजिक उत्तरदायित्व कोषको प्रयोग गरिसकेका छन् ।

लघुवित्त वित्तीय संस्थाहरुले सदस्य स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गर्नु र निषेधाज्ञा÷बन्दाबन्दी कायम रहेका कार्यक्षेत्रमा आवागमन (केन्द्र बैठक तथा सदस्य भेटघाट) बन्द गर्नु राम्रो हुने जनाएको छ ।  साथै, संस्थाहरुले स्वास्थ्य जोखिम रहित तथा कम लागतमुखी व्यवसाय सञ्चालनका लागि विद्युतिय भुक्तानी प्रणाली लगायतका व्यवस्थामा लगानी गर्नु उपयुक्त हुने बताएको छ । 

विद्यमान ७४ मध्ये ६० वटा अर्थात् ८१ प्रतिशत लघुवित्त वित्तीय संस्थाहरु (३ थोक कारोवारी, ५७ खुद्रा कारोवारी) सहभागी भएको जनाइएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved