ग्लोबल आइएमई लघुवित्तले ब्याजमा १० प्रतिशत छुट दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2021 | 06:57:43 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था Global IME Laghubitta Bittiya Sanstha Limited  ले २०७८ असार मसान्त भित्र बुझाउनु पर्ने सम्पुर्ण साँवा ब्याज बुझाएमा सो अवधिसम्म पाकेको ब्याजमा १० प्रतिशतका दरले हुन आउने रकम छुट दिने भएको छ । 

हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै ग्राहक सदस्यहरुलाई उक्त छुट प्रदान गर्ने निर्णय गरेको संस्थाले जनाएको हो ।  

साथै, सो अवधिसम्म ग्राहक सदस्यहरुबाट कुनै किसिमको हर्जाना तथा अतिरिक्त शुल्क नलिने संसथाले जनाएको छ । 

हाल वित्तीय संस्थाले ग्राहक सदस्यहरुको कारोबारको सूचना मोबाइलमा आउने गरी एसएमएस सुविधा संचालनमा ल्याएको संस्थाले जनाएको छ । कोभिडको महामारीमा ग्राहक सदस्यहरुलाई किस्ता बचत तिर्न सजिलो होस भन्ने अभिप्रायले ईसेवासँग सहकार्य गरी किस्ता भुक्तानी गर्ने ब्यवस्था मिलाएको जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved