मिर्मिरेका नव नियुक्त संचालकहरुले लिए सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2021 | 01:54:38 PM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त वित्तीय संस्था Mirmire Laghubitta Bittiya Sanstha  का नव नियुक्त संचालकहरुले आज सपथ ग्रहण गरेका छन् । संस्थापक समूहको रिक्त रहेको संचालकमा जनक बोहरा तथा स्वतन्त्र संचालकमा प्रविण भट्टराईलाई आगामी साधारण सभामा अनुमोदन हुने गरी संचालक समितिले नियुक्त गरेको हो । 

संस्थाको केन्द्रीय कार्यालय बनेपामा संस्थाका अध्यक्ष टेक बहादुर बोहराले उनीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । नव नियुक्त संचालक बोहरा सशस्त्र प्रहरी वल बरिष्ठ प्रहरी उपरीक्षक अवकाश प्राप्त छन् भने प्रविण भट्टराई नेपाल राष्ट्र बैंकबाट अवकाश प्राप्त छन् ।

सपथ ग्रहण कार्यक्रममा अध्यक्ष बोहराले नयाँ नियुक्त भएका संचालकहरुको लामो समयको अनुभव र क्षमताले संस्थालाई अझ बलियो बनाएर अगाडी बढाउन सफलहुने बताएका थिए । त्यस्तै नव नियुक्त संचालक द्धय जनक बोहरा र प्रविण भट्टराईले मिर्मिरे परिवारले आफूहरुलाई विश्वास गरेर संचालक समितिमा नियुक्ति दिएकोमा आभारी रहेको र आफ्नो क्षमताले सदैव संस्थालाई अगाडि बढाउन सहयोग रहने बताएका थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved