एन आई सी लघुवित्तले भाका नाघेका ऋणीलाई व्याजमा छुट दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2021 | 12:32:31 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था NIC ASIA Laghubitta Bittiya Sanstha ले भाका नाघेका ऋणी सदस्यहरुलाई ब्याजमा छुट दिने भएकाे छ । संस्थाले यहि असाढ मसान्त सम्ममा भुक्तानी गर्नुपर्ने कुल बक्यौता साँवा र ब्याज रकम संस्थालाई चुक्ता गरेमा कूल ब्याज रकमको १०% छुट दिने भएकाे हाे ।

असाढ मसान्त सम्ममा संस्थालाई भुक्तानी गर्नु पर्ने सम्पुर्ण वक्यौता रकम चुक्ता गरेका नियमित ऋणी सदस्यहरुको हकमा २०७८ श्रावण मसान्तबाट लागु हुने गरी निजको ऋणको भाका ननाघुन्जेल सम्मको लागि कर्जा व्याजदरमा १% छुट दिने वित्तीय संस्थाले जनाएको छ ।

कोभिड १९ बाट संक्रमित सदस्यहरुलाई सहयोग गर्न पाउनु वित्तीय संस्थाको लागि अवसर तथा ग्राहक सदस्यहरुको लागि राहत पनि भएको संस्थाले बताएको छ । यसले वित्तीय संस्थामा आवद्ध सदस्यहरुसँगको सम्बन्ध दिगो एवं सुमधुर हुने कुरामा संस्था विश्वस्त रहेको जनाएको छ । 

संस्थाले डिजिटल सेवालाई प्राथमिकतामा राखी हाल ई–सेवा मार्फत वचत तथा कर्जाको भुक्तानी गर्न सकिने सेवाको शुरुवात गरिसकेको जनाएको छ । मुलुकभर ६९ जिल्लामा २५० शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आइरहेको संस्थाले बताएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved