समता लघुवित्तद्धारा हेलम्बु बाढी पीडितलाई राहत सामग्री सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2021 | 10:59:31 AM मा प्रकाशित

laxmi  sunrise bank

समता लघुवित्त वित्तीय संस्थाले बाढी पीडितलाई राहत सामग्री सहयोग गरेको छ । संस्थाले असार १ गते साँझ मेलम्ची खोलामा आएको भिषण बाढीले हेलम्बु क्षेत्रका विस्थापित परिवारहरुलाई खाद्यान्न लगायत आवश्यक सामग्रीहरु सहयोग गरेको हो । 

चामल, दाल, तेल, नुन, सोयाविन, सावुन, सेनेटरी प्याड, त्रिपाल लगायतका सामग्रीहरु हेलम्वु गाउँपालिका, वडा नं. २ का वडाध्यक्ष छिरिङ गेल्बु लामालाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने सन्र्दभमा बाढी प्रभावितहरुलाई यो विपत्तिको बेला थोरै भए पनि सहायता होस् भनेर राहत सामग्री सहयोग गरिएको वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरेले बताए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved