सिभिल लघुवित्तद्वारा हेलम्बुका बाढीपीडितलाई राहत रकम हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2021 | 04:39:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल लघुवित्त वित्तीय संस्थाले सिन्धुपाल्चोक स्थित बाढीले प्रभावित हेलम्बु क्षेत्रका विस्थापित परिवारलाई राहत स्वरुप रकम सहयोग गरेको छ । संस्थाले आज हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई राहत स्वरुप रु. ३० हजारको चेक हस्तान्तरण गरेको हो ।

यहि असार १ गते सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खोलामा आएको बाढीले हेलम्बु क्षेत्रका वासीन्दा प्रभावित भएका थिए । बाढीले विस्थापित परिवारका लागि राहत, पुनस्र्थापना र पुनः निमार्णमा टेवा पु¥याउने अभिप्रायले राहत स्वरुप रकम सहयोग गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले जानकारी दिए ।

सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको राष्ट्रिय स्तर कार्यक्षेत्र भएको यस संस्थाले देशका २७ वटा जिल्लाहरुमा ६२ वटा शाखाहरु मार्फत लघुवित्तीय सेवाहरु लगायत गैर वित्तीय सेवाहरु समेत प्रदान गर्दै आइरहेको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved