नेपाल एग्रोलाई इन्फिनिटीमा गाभ्ने प्रस्ताव पारित, संचालक समितिमा ४ जना निर्बिरोध निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2021 | 10:51:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एग्रो लघुवित्त वित्तीय सँस्थाको लाभांश पारित भएको छ। लघुवित्तको आज बसेको पाँचौं बार्षिक साधारणसभाको बैठक संचालक समितिले प्रस्ताव गरेको १४ प्रतिशत बोनस सेयर पारित गरेको हो। 

त्यस्तै आज बसेको बार्षिक साधारणसभाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गर्ने प्राप्ति लगायत अन्य प्रस्तावहरु सर्वसम्मतीले पारीत गरेको संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत नयन देवकोटाले बताए ।   

को कास्कि जिल्ला पोखरा महानगरपालिका वडा नं. १८ मा केन्द्रीय कार्यालय रही १० जिल्ला कार्यक्षेत्र भएको नेपाल एग्रोको पाँचौं बार्षिक साधारण सभाले आगामी चार वर्षका लागि संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक समितिमा रमेश कुमार कर्माचार्य, नीलकण्ठ शर्मा लम्साल, विनीता कोइराला र विवेक श्रेष्ठलाई साधारणसभाले निर्विरोध निर्वाचित गरेको निर्वाचन अधिकृत अधिवक्ता कृष्णप्रसाद चापागाईँले बताए।

कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १८ मा केन्द्रीय कार्यालय रही १० जिल्ला कार्यक्षेत्र भएको नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले २०७३ बाट प्रथम कारोबार प्रारम्भ गरेकोमा हाल १० वटा जिल्लामा २६ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका २१,००० भन्दा बढि सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरीरहेको कम्पनी सचिव पराजुलीले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved