सिभिल लघुवित्तको नयाँ शाखा रुपन्देहीको देवदहमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2021 | 11:46:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकको सहायक कम्पनी सिभिल लघुवित्त Civil Laghubitta Bittiya Sanstha  ले रुपन्देही जिल्लाको देवदहमा थप १ वटा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । नयाँ खोलिएको शाखा कार्यालय सहित कम्पनीको २९ जिल्लामा ६३ वटा शाखा कार्यालयहरु कायम भएको छ ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले ‘समृद्धिको सहयात्री’ नारा लिई विपन्न वर्गका समुदायहरुको समृद्धिमा टेवा पु¥याउने उद्धेश्यका साथ आफ्नो सेवाहरु ५० हजार घर परिवारमा पु¥याएको जनाएको छ ।

वित्तीय संस्थाले लघु उद्यम व्यवसाय सञ्चालन गराउन न्यून आय तथा विपन्नवर्गका व्यक्तिहरुलाई संस्थाको सदस्यता दिई विना धितो सामूहिक जमानीमा वा स्वीकारयोग्य धितोमा साथै समूहमा आवद्ध हुन नसकेका व्यक्तिहरुलाई समेत स्वीकार योग्य धितो लिई सरल तरीकाबाट वित्तीय पहँुच पु¥याउदै आइरहेको उल्लेख गरेको छ । साथै संस्थाले लघु बचत, लघुबीमा, विप्रेषण सेवाहरु उपलब्ध गराउदै स्वास्थ्य, शिक्षा तथा वित्तीय साक्षरता जस्ता गैर वित्तीय सेवाहरु समेत उपलव्ध गराउदै आइरहेको छ । 

 संस्थाले सदस्यहरुलाई आफ्नो बचत जम्मा गर्न तथा किस्ता भुक्तानी सहजताका निमित्त इसेवा मार्फत समेत रकम पठाउन सकिने गरी सुविधा प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved