मर्जरपछि नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा लघुवित्तको एकिकृत कारोबार ३० गतेदेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2021 | 08:50:44 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेशनल माइक्रोफाइनान्स National Microfinance Bittiya Sanstha  र महिला सहयात्रा लघुवित्त Mahila Sahayatra Microfinance Bittiya Sanstha Limited  ले असार ३० गते बुधबार देखि एकिकृत कारोबार गर्ने भएका छन् ।  नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई गाभेपछि नेशनल माइक्रोफाइनान्सको नामबाट एकिकृत कारोबार सुरु हुन लागेको हो 

नेशनलको जेठ २५ गते र महिला सहयात्राको पनि जेठ २५ गते नै सम्पन्न साधारणसभाले गाभ्ने गाभिने प्रस्ताव पारित गरेको थियो । यी दुई संस्थालाई राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार २४ गते एकिकृत कारोबारको लागि स्वीकृति प्रदान गरेको हो ।  नेपाल राष्ट्र बैंकले बैशाख १५ गते यी दुई संस्थालाई मर्जर तथा प्राप्तिको लागि सैदान्तिक स्वीकृति प्रदान गरेको थियो । 

 नेशनलले १००:६८ को स्वाप रेसियोमा महिला सहयात्रालाई गाभेको हो ।  अर्थात महिला सहयात्राको १ सय कित्ता शेयर हुने शेयरधनीले मर्ज पछि बन्ने संस्थाको ६८ कित्ता शेयर पाउने छन् ।   

एकिकृत कारोबार गर्दा दुवै संस्थाको तथ्यांकलाई एकै सफ्टवेयरमा मिलाउनु पर्ने भएकोले असार २९ गते १ दिन महिला सहयात्रा लघुवित्तको सम्पूर्ण कारोबार बन्द रहने कम्पनीले जनाएको छ 

  महिला सहयात्राको केन्द्रीय कार्यालय मकवानपुरको थाहा नगरपालिकामा छ भने नेशनल माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय धादिङमा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved