
 2mb (1).gif)
सबैको लघुवित्त SABAIKO LAGHUBITTA BITTIYA SANSTHA ले पाँचौ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । तनहुँको बन्दिपुर गाउँपालिका डुम्रेस्थित केन्द्रीय कार्यालयमा लघुवित्तले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा ३० जनाले रक्तदाताहरुले रक्तदान गरेका छन् । रक्तदाताहरुलाई संस्थाका प्रमूख कार्यकारी अधिकृत केशव कुमार पौडेलले प्रमाणपत्र वितरण गरे ।
स्थापना दिवसको अवसरमा लमजुङ जिल्ला, बेसीशहरस्थित मानव सेवा आश्रमलाई खाद्यान्न वितरण पनि गरेको छ ।
सबैको लघुवित्त वित्तीय संस्था राष्ट्रियस्तरको लघुवित्तका रुपमा वित्तीय कारोवार सञ्चालन गर्न “घ” वर्गको इजाजतपत्र प्राप्त गरी २०७४ असार ३० गतेबाट सञ्चालनमा आएको हो । संस्थाले हालसम्म ७ प्रदेशहरुका ४२ जिल्लाहरुमा ७७ शाखा कार्यालय, ४ अनुगमन मुकाम, सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय गरी ८३ वटा कार्यालयबाट सेवा दिँदै आएको छ । संस्थामा हाल ३०५ जना कर्मचारीहरु छन् ।
लगानीमा रही रहेको कर्जा ३ अर्ब ४५ करोड रहेको र बचत ९१ करोड १३ लाख रहेको कम्पनीले जनाएको छ ।