नेपाल एग्रो लघुवित्तका अध्यक्षले लिए सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2021 | 07:35:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एग्रो लघुवित्त Nepal Agro Laghubitta Bittiya Sanstha का नव नियुक्त अध्यक्ष रमेश कुमार कर्माचार्यले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ बमोजिम सपथ लिएका हुन् ।

कर्माचार्य असार २१ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका थिए । सोही दिनको संस्थाको सञ्चालक समितिको बैठकले अध्यक्षमा कर्माचार्यलाई चयन गरको थियो । अध्यक्ष कर्माचार्यले नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक ईश्वरी प्रसाद भट्टराई समक्ष पद तथा गोपनीयताको सपथ लिएको संस्थाका नि.प्रमुख कार्यकारी अधिकृत नयन देवकोटाले जानकारी दिए ।

अध्यक्ष कर्माचार्यले नेपाल एग्रो लघुवित्त इन्फिनिटी लघुवित्तसँग प्राप्तिमा जानको लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृतिको पखाईमा रहेको समेत बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved