सपोर्ट लघुवित्तद्वारा एकैदिन ६ शाखा विस्तार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2021 | 05:00:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सपोर्ट लघुवित्त वित्तीय संस्थाले एकैदिन ६ स्थानमा शाखा विस्तार गरेको छ । भर्खरै मात्र १० जिल्ला कार्यक्षेत्रमध्ये बागमती प्रदेशका शाखा कार्यालयहरु विक्री गरी प्रदेश नं. १ कार्यक्षेत्र बनाएको सपोर्ट लघुवित्तले एकैदिन ६ शाखा विस्तार गरेको हो । 

मोरङ्गको विभिन्न गाउँपालिकाहरुमा ६ वटा शाखा कार्यालय विस्तार गरिएको कम्पनीले जनाएको छ । मोरङ्गको महेशपुर, भौडाहा, लखन्तरी, मोतिपुर, हात्तिमुडा र लक्ष्मीनियामा शाखा कार्यालय विस्तार गरेको संस्थाले प्रदेश १ का बाँकी जिल्लाहरुमा पनि चाँडै शाखा विस्तार गर्ने योजना बनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved