सारथी नेपाल लघुवित्तको नाम परिवर्तन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2021 | 11:13:58 AM मा प्रकाशित

laxmi  sunrise bank

सारथी नेपाल लघुवित्तले आफ्नो कम्पनीको नाम परिवर्तन गरेको छ  । कम्पनीको हालको नाम सारथी नेपाल लघुवित्त वित्तीय संस्था रहेकोमा नाम परिवर्तन गरेर नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड कायम गरेको हो  । 

कम्पनी रजिष्ट्रारको कार्यालयले असार २९ गते कम्पनीलाई नाम परिवर्तनको लागि स्वीकृति दिएको हो  । त्यस्तै कम्पनी रजिष्ट्रार कार्यालयले कम्पनीको अधिकृत तथा जारी पुंजीलाई वृद्धि गर्न स्वीकृति प्रदान गरेको छ  । 

जस अनुसार कम्पनीको जारी पुंजी र चुक्ता पुंजी २६ करोड ६३ लाख रहेकोमा वृद्धि भई २८ करोड ७९ लाख १८ हजार ९ सय ४३ रुपैयाँ ७८ पैसा कायम भएको छ  । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८.१३ प्रतिशतले १ करोड ९१ लाख ५२ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.४२८२३३ प्रतिशतले हुन आउने १० लाख ८ हजार बराबरको नगद लाभांश गरि कुल ८.५५८२३३ प्रतिशत लाभांश वितरण गरेको थियो ।   

कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको धुलिखेल नगरपालिका ३ मा रहेको छ। कम्पनीले एफपिओ निष्काशन गर्ने तयारी गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved