एनआईसी एशिया लघुवित्तद्वारा प्रदेश प्रमुख र उपप्रमुखलाई तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2021 | 06:20:51 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया लघुवित्त NIC ASIA Laghubitta Bittiya Sanstha ले काभ्रेको धुलिखेलमा प्रदेश प्रमुख, प्रदेश उप–प्रमुखहरुको सहभागितामा ट्रान्फरमेशन अफ ट्रान्सफरमेशन राइडर्स विषयका कार्यक्रम सम्पन्न गरेको छ । साउन ९ देखि ११ गतेसम्म भएको कार्यक्रममा विभिन्न शीर्षकमा तालिम प्रदान गरिएको छ ।

नयाँ आर्थिक बर्ष २०७८–०७९ को रणनीति, पञ्च वर्षीय योजना, व्यवसाय प्रवद्र्धन, क्षमता अभिबृद्धि, जोखिम व्यवस्थापन, डिजिटलाइजेसन, आन्तरिक लेखा परिक्षणका कैफियत सुधार, म्याद नाघेका कर्जा व्यवस्थापन, कानुनी व्यवस्था, मानब व्यवस्थापन तथा सम्पति व्यवस्थापन विषयमा संस्थाका कार्यकारी प्रमुख लक्ष्मण चालिसे, सम्पूर्ण विभागिय प्रमुख लगाएत अन्य सम्बन्धित कर्मचारीहरुले प्रशिक्षण दिएका थिए । 

कार्यक्रमको समापनमा प्रमुख कार्यकारी अधिकृतले संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानिय तहहरुलाई प्राथमिकतामा राखिएको, विपन्न तथा सीमान्तकृत वर्गका जनताहरुको आय—आर्जन, स्वरोजगार, जीवीकोपार्जन र सामाजिक तथा आर्थिक रुपान्तरण गर्ने उदेश्य राखेका बताए । उनले विपन्न वर्गकोे आर्थिक अवस्थामा सुधार ल्याउन आर्थिक गतिविधिका साथै वित्तीय साक्षरता र सामाजिक विकासका विभिन्न कार्यक्रमहरु महत्वका साथ संचालन गर्दै आइरहेको बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved