नेपाल एग्रो लघुवित्तलाई गाभ्न इन्फीनिटीले पायो अन्तिम स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2021 | 10:57:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले इन्फीनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तबीचको मर्जर एक्विजिसनलाई अन्तिम स्वीकृति दिएको छ । नेपाल राष्ट्र बैंकले साउन १५ गते यी २ संस्थालाई अन्तिम स्वीकृति प्रदान गरेको हो । 

इन्फीनिटी लघुवित्तले  नेपाल एग्रो लघुवित्तलाई गाभ्ने प्रस्तावलाई राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको हो । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको १०० (एक सय) कित्ता शेयरलाई इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९८ (अन्ठानब्बे) कित्ता शेयर  (१ः०.९८) दिने गरी शेयर मूल्य अनुपात स्वाप रेसियो कायम हुने छ ।

 राष्ट्र बैंकले जेठ ११ गते गाभ्न गाभिनको लागि सैदान्तिक स्वीकृति प्रदान गरेको थियो ।  इन्फीनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई गाभ्नको लागि गत माघ २ मा सम्झौता गरेको थियो । इन्फीनिटी लघुवित्तको केन्द्रिय कार्यालय गैडाकोट नवलपुरमा रहेको छ भने नेपाल एग्रोको केन्द्रिय कार्यालय पोखरामा रहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved