एनआईसी एशिया लघुवित्तका कर्मचारीलाई तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2021 | 03:38:49 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया लघुवित्तले प्रदेश स्तरमा कर्मचारीलाई तालिम प्रदान गरेको छ । प्रदेश २ को सिरहाको लहान, सर्लाहीको लालबन्दी र बागमती प्रदेशमा चितवनमा गरी २ सय जना कर्मचारीहरुलाई तालिम प्रदान गरेको हो ।

कर्मचारीहरुलाई साउन १५, १६ र १७ गते व्यवसाय प्रवद्र्धन, व्यवसाय विस्तार तथा शाखा व्यवस्थापन तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

संस्थाका कर्जा स्वीकृति विभागका विभागीय प्रमुख गोपी चन्द्र ढुङगाना, व्यवसाय प्रवद्र्धन विभागका राकेश श्रेष्ठ र कर्जा विभागका नवराज जोशीले कर्मचारीहरुलाई नयाँ आर्थिक वर्ष २०७८/७९ को लक्ष्य, व्यवसाय विस्तार, क्षमता अभिबृद्धि, शाखा तथा जोखिम व्यवस्थापन, कर्जाको गुणस्तर, समुह प्रवेश पूर्व तालिम लगायतका विषयवस्तुबारे प्रशिक्षण प्रदान गरेका छन् ।

एनआईसी एशीया लघुवित्तले ७३ जिल्लामा २७० शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved