ग्लोबल आईएमई लघुवित्तको ७ वटा शाखा थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2021 | 12:26:22 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा महानगरपालिका २६ स्थित विजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ वटा शाखा कार्यालय बिस्तार गरेको छ । कम्पनीले बांकेको ढकेरी , सप्तरीको छिन्नमस्ता , रोल्पाको त्रिवेणी , रुपन्देहीको बनगाई , ओखलढुङ्गाको लिखु , उदयपुरको चुहाडे तथा झापाको धुलाबारीमा गरी ७ वटा शाखा कार्यालय थप गरेको हो। 

साबिक स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरे पश्चात १ वटा शाखा मर्ज गरेको यस वित्तीय संस्थाले ५१ वटा जिल्लामा १०१ वटा शाखा कार्यालयहरुबाट आफ्ना ग्राहक सदस्यहरुलाई सुबिधा दिइरहेकोमा थपिएका शाखा संगै कम्पनीको शाखा संख्या १०८ पुगेको छ। संस्थाले आफ्ना सदस्यहरुलाई प्रविधिमैत्री सेवा दिने उद्देश्यले आईएमई–पे तथा ई–सेवासंग समन्वय गरी आफ्ना सदस्यहरुसंग आर्थिक कारोबार गर्न शुरु गरेको जनाएको छ ।

 संस्थाले हाल १,२६,९९४ जना सदस्यहरुलाई लघुवित्त वित्तीय सुविधा प्रदान गरेको छ भने संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई ६ अर्ब ३७ करोड ११ लाख रुपैंया बराबर कर्जा लगानी गरेको छ । यसै गरी यस लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यहरुसंग २ अर्ब १५ करोड ७२ लाख  रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved