हरित प्रवद्र्धन अभियानमा जनउत्थान, पाल्पामा वृक्षरोपण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2021 | 04:09:30 PM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्त Janautthan Samudayic Laghubitta Bikas Bank  ले पाल्पाको रिब्दीकोट गाउँपालिकाका विभिन्न स्थानमा वृक्षरोपण गरेको छ । संस्थाका अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षतामा वृक्षरोपण कार्यक्रम गरिएको संस्थाले जनाएको छ ।

पाल्पाको रिब्दीकोट गाउँपालिका–३ खस्यौलीस्थित सिलाङ्गथोक, विश्वकर्मा बाबाको मन्दिर, भैरबस्थान मन्दिरको परिसर र तानसेन नगरपालिका–५ ढुंगाखानीको लाँकुरी चौपारी वरिपरि बिरुवा रोपेको अध्यक्ष विश्वकर्माले बताए । उनका अनुसार १० भन्दा बढी विशेष प्रजातीको सिलाङ्गेका बिरुवा रोपिएको र अन्य धुपी, अशोका, कपुर, कटहर लगायतका विभिन्न प्रजातिका बिरुवाहरु समेत रोपिएको छ । 

हाल पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका तराईका ११ वटा जिल्लाहरु र सोही जिल्लाहरु सँग जोडिएका पहाडका ८ वटा जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालयहरु मार्फत संस्थाले सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved