जनउत्थानको वार्षिक समिक्षा र नीति, कार्यक्रम गोष्ठी सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2021 | 04:44:32 PM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्त Janautthan Samudayic Laghubitta Bikas Bank  ले साउन २४, २५ र २६ गते पाल्पाको तानसेनमा गत आर्थिक वर्षको समिक्षा र चालु आर्थिक वर्षको नीति तर्जुमा गोष्ठी सकेको छ ।

गत आर्थिक वर्षको वार्षिक समिक्षा तथा आर्थिक वर्ष २०७८।०७९ को नीति, कार्यक्रम तथा बजेट विनियोजन गोष्ठी अध्यक्ष बावुराम बिश्वकर्माको अध्यक्षता तथा संस्थापक अध्यक्ष, नेपाल सरकारका पूर्व सचिव डा. मान बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रमुख अतिथि विश्वकर्माले कर्मचारीहरुको अथक मेहनत र प्रयासले संस्थाले उचाई लिन सफल भएको बताए । कोभिडले पारेको प्रभावलाई अवसरका रुपमा लिनु पर्ने र वित्तीय संस्थाका हरेक क्रियाकलापहरुलाई सरलीकृत गर्नु पर्ने र चालु आर्थिक वर्षका लागि नवीनतम् रणनीतिहरु बनाई कार्य गर्न सुझाव दिए । 

संस्थाका अध्यक्षले वित्तीय कारोवारलाई चुस्त दुरुस्त पार्दै वित्तीय संस्थाको निती नियम भित्र रही दैनिक कार्यहरु गर्न निर्देशन दिदै आर्थिक वर्ष २०७८।०७९ को लक्ष्य प्राप्तीमा सफलताको कामना रे । संस्थापक माधव नेपाल, सञ्चालक रेवन्त बहादुर विश्वकर्मा, नरेन्द्र कडेल तथा गोकर्ण बहादुर कार्की क्षेत्रीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा वित्तीय संस्थाका ३९ वटा शाखाका शाखा प्रमुख तथा प्रतिनिधीहरुले आ–आफ्नो शाखाको वार्षिक प्रगति विवरण पेश गर्नुका साथै आगामी आर्थिक वर्ष २०७८।०७९ का लागि रणनीतिक योजनाहरु प्रस्तुत् गरेका थिए । उक्त कार्यक्रममा आ.व.२०७७।०७८ मा अधिकत्तम नाफा हाँसिल गर्ने शाखा कार्यालय रैकवारविचवा, लक्ष्य प्राप्ती तर्फ शाखा कार्यालय परशुराम डडेलधुरा र उत्कृष्ट असुली तर्फ शाखा कार्यालय पोखराथोक, शक्तिखोर र बुलिङ्गटारलाई प्रशंसा पत्रसहित पुरस्कृत गर्नुका साथै त्यहाँ कार्यरत कर्माचारीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेल तथा केन्द्रीय कार्यालयमा विभिन्न विभागमा कार्यरत कर्मचारीहरु इन्द्र बराली, बसन्त पचभैया, भरत कुमार रसाली, शर्मिला वि.क., टोप बहादुर सुनार, प्रकाश भण्डारी, मधु कुँवर र चेत नरायण रिमाल लगाएतले शाखा प्रमुखहरुलाई विभिन्न विषयहरुमा प्रशिक्षण तथा सुझावहरु दिएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved