थोक कारोबार गर्ने र खुद्रा कारोबार गर्ने लघुवित्त मर्ज हुन् सक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2021 | 04:41:18 PM मा प्रकाशित

laxmi  sunrise bank

अन थोक कारोबार गर्ने लघुवित्त तथा खुद्रा कारोबार गर्ने लघुवित्त एक आपसमा मर्ज हुन् सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो ब्यबस्था गरेको हो ।

जस अनुसार अब थोक कर्जा प्रवाह गर्ने लघुवित्त र खुद्रा कारोबार गर्ने लघुवित्त एक आपसमा गाभ्ने , गाभिने वा प्राप्ति प्रक्रियामा सहभागी हुन सक्ने छन् । यसरी एक आपसमा गाभ्ने , गाभिने वा प्राप्ति प्रक्रियामा सहभागी भई एकिकृत कारोबार गरेमा खुद्रा कारोबार गर्ने लघुवित्तको रुपमा रहन सक्ने ब्यबस्था राहत बैंकले गरेको हो  ।

........................................................................................................................................................................................................

सेयर धितो कर्जाको मार्जिन यथावत रहने भएको छ। आज सवा चार बजे चालु वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारिले सेयर धितो कर्जाको मार्जिन यथावत रहने बताएका हुन्।

मौद्रिक नीतिले धितो मूल्यांकनको सीमा चलाएको छैन। मूल्यांकनको ७० प्रतिशत नै ऋण लिन पाइने छ। 

त्यस्तै एक जना लगानीकर्ताले बढीमा १२ करोड र एउटा सँस्थाबाट ४ करोडसम्म मात्र सेयर धितोकर्जा लिन पाउने भएका छन्। यदि कसैले यो सिमा भन्दा बढी रकम सेयर धितो कर्जा लिएको छ भने उसले यो सिमा एक बर्ष भित्र तोकिएको सिमा भित्र ल्याउनु पर्नेछ। 

मौद्रिक नीतिले धितो मूल्यांकनको सीमा चलाएको छैन। मूल्यांकनको ७० प्रतिशत नै ऋण लिन पाइने छ।

....................................................................................................................................................

अब लघुवित्तहरुले पनि २५ प्रतिशतसम्म ऋणपत्र जारी गर्न पाउने

बैंक वित्तीय सँस्थाले जस्तै लघुवित्त वित्तीय सँस्थाहरुले पनि ऋणपत्र जारी गर्न पाउने भएका छन्। आज सवा चार बजे चालु वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारिले लघुवित्तलाई ऋणपत्र जारी गर्ने अनुमती दिईएको बताएका हुन्। 

उनकाअनुसार लघुवित्तले आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतबराबर ऋणपत्र जारी गर्न पाउने छन्। हालसम्म यो सुविधा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई मात्र थियो।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved