एनआईसी लघुवित्तका कर्मचारीलाई धितो मुल्याङ्कन सम्बन्धि तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2021 | 05:50:28 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया लघुवित्त NIC ASIA Laghubitta Bittiya Sanstha ले विभागीय प्रमुखहरु, विभागीय कर्मचारीहरु र अनलाईन माध्यमबाट शाखा प्रमुखहरुको धितो मुल्याङ्कन सम्बन्धि क्षमता अभिवृद्धि तालिम धुलिखेलमा सम्पन्न भएको छ । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेको आतिथ्यमा भएको कार्यक्रममा सिभिल लिंक कन्सलटेनसीका भरत बंजारा र नापि तालिम केन्द्रका योजना अधिकृत सञ्जय मान्नधरले सहभागिहरुलाई सहजिकरण गरेका थिए ।

तालिम कार्यक्रममा सभिल लिंक कन्सलटेनसीका भरत बंजाराले धितो मुल्याङ्कन कसरी गर्ने, धितो मुल्याङ्कन गर्दा के कस्ता व्यवहारिक पाटोहरुलाई ध्यान दिने र नापी तालिम केन्द्रका योजना अधिकृत सञ्जय मान्नधरले नक्सा के हो, फिल्डमा धितो निरिक्षण गर्दा के के कुरामा ध्यान दिन पर्ने, नक्साको आधारमा कसरी क्षेत्रफल निकाल्ने लगायत बिभिन्न नापी सम्बन्धि मोबाईल एप्लिकेशनका जानकारी तथा प्रयोग गर्ने बारेमा प्रशिक्षण दिएका थिए । 

कार्यक्रमको समापनमा आफ्नो मनत्वय राख्दै संस्था प्रमुख कार्यकारी अधिकृतले कर्मचारी संस्थाको अमूल्य संम्पति रहेको बताउँदै, यस्ता विभिन्न तालिमहरुले क्षमता वृद्धि भई संस्थागत तथा व्यक्तिगत लक्ष्य हासिलहुन सहजहुने बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved