इन्फिनिटी लघुवित्तले नेपाल एग्रोलाई प्राप्ति गरेपछि एकीकृत कारोबार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2021 | 09:48:38 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरे पश्चात आइतबारबाट एकीकृत कारोबार सुरु गरेको छ । इन्फिनिटी लघुवित्तका सञ्चालक तथा संयुक्त मर्जर समितिका संयोजक बलराम विष्ट र साविक नेपाल एग्रो लघुवित्तका अध्यक्ष रमेश कुमार कर्मचार्यले संयुक्त रुपमा भर्चुअल माध्यमबाट एकिकृत कारोबारको सुरुवात गरेका हुन् ।

कार्यक्रममा संचालक बलराम विष्टले यस प्राप्ति पश्चात इन्फिनिटी लघुवित्त वित्तीय संस्था पनि बजारमा प्रतिस्पर्धा गर्न सक्ने एक सवल तथा सक्षम वित्तीय संस्थाको रुपमा अगाडि बढ्ने बताए । 

एकीकृत कारोबार पश्चात संस्थाको पुँजी रु. ३२ करोड ४६ लाख, सेवा पुगेको जिल्ला ३९, शाखा संख्या ८५, कर्मचारी संख्या ३४२, सदस्य संख्या ७४ हजार, निक्षेप रु. १ अर्व १५ करोड, कर्जा रकम रु. ४ अर्व १४ करोड भन्दा बढी भएको कम्पनीले जनाएको छ। 

यी २ कम्पनीलाई नेपाल राष्ट्र बैंकले साउन १५ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयले साउन २२ गते अन्तिम स्वीकृति दिएको थियो ।   नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको १०० (एक सय) कित्ता शेयरलाई इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९८ (अन्ठानब्बे) कित्ता शेयर  (१ः०.९८) दिने गरी शेयर मूल्य अनुपात स्वाप रेसियो कायम भएको छ ।

 राष्ट्र बैंकले जेठ ११ गते गाभ्न गाभिनको लागि सैदान्तिक स्वीकृति प्रदान गरेको थियो ।  इन्फीनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई गाभ्नको लागि गत माघ २ मा सम्झौता गरेको थियो । इन्फीनिटी लघुवित्तको केन्द्रिय कार्यालय गैडाकोट नवलपुरमा रहेको छ भने नेपाल एग्रोको केन्द्रिय कार्यालय पोखरामा रहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved