लघुवित्त मर्ज भएर १ अर्ब चुक्ता पुँजी बनाए यस्तो सुविधा पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2021 | 05:40:06 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्तहरु मर्जमा गएर १ अर्ब भन्दा चुक्ता पुंजी कायम गरेमा राष्ट्र बैंकले विभिन्न सहुलियत दिने भएको छ । राष्ट्र बैंकले  इजाजतपत्रप्राप्त ‘घ’ वर्गको लघु वित्त वित्तीय संस्थाहरुलाई एकिकृत निर्देशन जारी गर्दै यस्तो ब्यबस्था गरेको हो ।

जस अनुसार ‘घ’ वर्गको लघु वित्त वित्तीय गाभिएर वा प्राप्ति गरेर रु १ अर्बभन्दा बढी चुक्ता पूँजी कायम गरेमा वा रु १ अर्बभन्दा बढी चुक्ता पूँजी भएका संस्थाले एउटा राष्ट्रियस्तर वा २ वटा प्रदेश स्तरका संस्था गाभेमा वा प्राप्ति गरेमा काठमाडौं उपत्यका भित्र काठमाडौं महानगरपालिका तथा ललितपुर महानगरपालिका बाहेकका स्थानमा एउटा कर्पोरेट कार्यालय र २ वटा शाखा कार्यालय स्थापना गर्न स्वीकृति प्रदान गर्ने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो लघुवित्त वित्तीय संस्थाले खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाको रुपमा कार्य गर्न सक्ने ब्यबस्था राष्ट्र बैंकले गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved