ग्लोबल आइएमई लघुवित्तद्धारा ९० लाख ब्याज छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2021 | 05:46:30 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई लघुवित्त Global IME Laghubitta Bittiya Sanstha Limited  ले करिब ९० लाख ब्याज छुट प्रदान गरेको छ  । पोखरा–२६, विजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना ऋणी सदस्यहरुलाई करिब ९० लाख बराबरको ब्याज रकम छुट प्रदान गरेको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभावले सम्पूर्ण क्षेत्र, पेशा र व्यावसाय प्रभावित भइरहेको यस बिषम परिस्थीतिमा वित्तीय संस्थामा आवद्ध ऋणी सदस्यहरुलाई  राहत स्वरुप संस्थाले १०(दश) प्रतिशत ब्याज छुट प्रदान गरिएको कम्पनीले जनाएको छ ।

वित्तीय संस्थाको हाल देशभर ११२ वटा शाखा कार्यालयहरु, १,२८,५०३ जना ग्राहक सदस्यहरु र लगानीमा रहिरहेको कर्जा रकम ६ अर्ब ५६ करोड रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved