वोमी लघुवित्त र सूर्योदय लघुवित्त मर्ज हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2021 | 07:00:51 PM मा प्रकाशित

laxmi  sunrise bank

वोमी लघुवित्त वित्तीय संस्था Womi Microfinance Bittiya Sanstha  र सुर्योदय लघुवित्त वित्तीय संस्था Suryodaya Laghubitta Bittiya Sanstha  मर्ज हुने भएका छन् । दुई संस्थाबीच आज काठमाडौँमा गाभ्ने गाभिने सम्झौतामा हस्ताक्षर भएको छ ।  

वोमी लघुवित्तको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ भने सुर्योदय लघुवित्तको केन्द्रिय कार्यालय पुतलीबजार स्याङजामा रहेको छ । वोमी लघुवित्तको चुक्ता पुंजी ४१ करोड १९ लाख रहेको छ भने सुर्योदय लघुवित्तको चुक्ता पुंजी २४ करोड ८० लाख रहेको छ । मर्जमा जाने सम्झौता गरेसंगै बुधबारबाट नेपाल स्टक एक्सचेन्ज नेप्सेमा यी दुवै कम्पनीको शेयर कारोबार रोक्का हुने छ 

सम्झौता अनुसार मर्जरपछि बन्ने संस्थाको नाम सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था हुने छ  । डिडिए गरेर स्वाप रेसियो तय गरिने र आगामी पुस मसान्तसम्म मर्जर प्रक्रिया सम्पन्न गर्ने सहमति भएको छ 

मर्जर प्रक्रिया टुंगोमा पुर्याउन संयुक्त मर्जर कमिटि गठन गरिएको छ । संयुक्त मर्जर कमिटिमा वोमीको तर्फबाट कृष्णराज सिलवाल, नरेन्द्र प्रसाई, र शिवप्रसाद मिश्र रहेका छन् भने सुर्योदयको तर्फबाट अनन्त कुमार श्रेष्ठ, गुडाखर सापकोटा  र एक बहादुर गोदार रहेका छन्  । सम्झौता अनुसार हाल सुर्योदयका सीईओ मर्जरपछि बन्ने संस्थाको सीइओ बन्नेछन् भने हाल ओमीका सीइओ मर्जरपछि बन्ने संस्थाको डेपुटी सीईओ रहने छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved