समाज लघुवित्त र स्वस्तिक लघुवित्तबीचको मर्जर तोडिएको छ । समाज लघुवित्तले मर्जर तोडिएको भन्दै आज बिहिबार नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।
आफ्नो विशेष साधारणसभाले स्वस्तिकसँग मर्जरमा जाने प्रस्ताव बहुमतले अस्वीकृत गरेको र थप छलफल गर्दा कुनै निष्कर्ष नआएकोले समाज लघुवित्तले मर्जर तोडिएको पत्र राष्ट्र बैंकलाई पठाएको हो । विशेष साधारणसभाले नै मर्जर प्रस्ताव अस्वीकृत गरेकोले सोहि अनुसार भदौ १६ गते बसेको संचालक समितिको बैठकले मर्जर प्रक्रिया अगाडी बढाउँन नसकिने निर्णय गरेको छ ।
कम्पनीले राष्ट्र बैंकको निर्देशन तथा लगानीकर्ताको हित हुने गरि मर्जरको लागि उपयुक्त संस्था छनौट गरि मर्जरलाई पूर्णता दिने प्रतिवद्दता जनाएको छ।
दुवै संस्था १:१ को स्वाप रेसियोमा मर्ज हुने सझौता गरेका थिए । मर्जपछि बन्ने संस्थाको नाम स्वस्तिक समाज लघुवित्त रहने र केन्द्रिय कार्यालय सिरहाको लहानमा रहने गरि सहमति भएको थियो ।
समाज लघुवित्त आईपिओ निष्काशन गरेर नेप्सेमा सुचिकृत हुनु अगावै मर्जमा गएको हो भने स्वस्तिकले आईपिओ निष्काशन गरेको छैन ।