साधना लघुवित्तको व्यवसाय प्रवद्र्धन तथा जोखिम ब्यवस्थापन तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2021 | 05:15:44 PM मा प्रकाशित

laxmi  sunrise bank

साधना लघुवित्तले अनुगमन अधिकृतहरुको क्षमता अभिवृद्धि तथा व्यवसाय प्रवद्र्धन एवंम जोखिम व्यवस्थापनका आधारभुत विषयका बारेमा तालिम दिएको छ । २ दिने तालिम शनिबार र आइतबार गोरखामा भएको हो । 

संस्थाका सञ्चालक समितीका अध्यक्ष कृष्ण बहादुर थापाको प्रमुख आतिथ्यता र प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेको अध्यक्षतामा सुरु भएको तालिममा सहभागीहरुलाई स्वागत गर्दै संस्थाकी बरिष्ठ प्रवन्धक सरिता ढकालले अनुगमन अधिकृतहरुको कार्यसम्पादन स्तर, क्षमता, सञ्चालित कार्यक्रमको गुणस्तर मापन, कर्मचारीको सिकाई स्तर अभिवृद्धि गरी संस्थागत व्यवसायको प्रवर्दन गर्न र प्रभावकारी जोखिम ब्यबस्थापनको रणनितीक योजना तय गर्न तालिमको आयोजना गरिएको बताइन् ।

अध्यक्ष थापाले कर्मचारी बित्तीय संस्थाको सम्पती भएकाले कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न आवश्यक रहेको बताएका छन् । अनुगमन अधिकृत बित्तीय संस्थाको धरोहर रहेकोले शाखा कार्यालयहरुको अनुगमन कार्य गर्दा संयमित भई गर्न, कार्यक्रमको  गुणस्तर बृद्धि गर्न,संस्थागत सुशासन कायम गरी लक्ष्य अनुसारको प्रगती गर्न अनुगमन अधिकृतहरुलाई निर्देशन दिए ।

गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको यस बित्तीय संस्थाको ७७ वटा शाखा कार्यालयहरुबाट ग्रामिण तथा दुर्गम क्षेत्रमा करिब ७२,००० सदस्यहरुलाई प्रत्यक्ष बित्तीय सुबिधाहरु प्रदान गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved