साधना लघुवित्तको सीईओमा रेशम न्यौपानेकै निरन्तरता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2021 | 04:47:10 PM मा प्रकाशित

laxmi  sunrise bank

साधना लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा रेशम न्यौपानेले नै निरन्तरता पाएका छन् । संस्थाको सञ्चालक समितिको विहिवारको बैठकले असोज १ गतेबाट लागु हुनेगरी थप ४ वर्ष (दोश्रो कार्यकाल) का लागि उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । 

उनी उक्त संस्थामा स्थापना कालदेखि नै प्रमुख कार्यकारी अधिकृतको रुपमा पदभार समाल्दै आएका छन् । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको साधना लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनश शेयर तथा १.३२ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश घोषणा गरेको छ ।

संस्थाले २०७८ श्रावण मसान्तसम्म ४ वटा प्रदेशका ३० जिल्लाहरुमा ७७ शाखा कार्यालय मार्फत् सेवा दिदैं आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved