आँधिखोला लघुवित्तले दियो कर्मचारी लाई फिल्ड ब्यवस्थापन तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2021 | 08:35:04 AM मा प्रकाशित

laxmi  sunrise bank

आँधिखोला लघुवित्त वित्तीय सँस्थाले आफ्ना कर्मचारीलाई फिल्ड व्यवस्थापन सम्बन्धित तालिम दिएको छ। लघुवित्तले बिभिन्न शाखामा कार्यरत २० जना भन्दा बढी कर्मचारीलाई फिल्ड व्यवस्थापन सम्बन्धि तालिम दिएको हो। 

संस्थाले कोरोनाका कारण वैकिङ जगतमा परेको प्रभाव वाट कर्मचारीको मनोवल खस्कन नदिनका लागि र ग्राहकहरुको संरक्षणका लागि संस्थाले आगामी दिनमा खेल्नु पर्ने भुमिकाका वारेमा तालिममा सिकाएको छ। 

तालिममा संस्थाका अध्यक्ष नरेश के.सी.  संचालक समिति सदस्य विधा श्रेष्ठ , नायव कार्यकारी  प्रमुख वावुराम कुवँर लगाएत विभागिय प्रमुखहरुको उपस्थिती रहेको थियो भने तालिमको संचालन कुलदेव लामिछानेले गरेका थिए।

आधिखोला लघुवित्तका अध्यक्ष तथा एमएनए का कोषाध्यक्ष केसीले समेत कर्मचारीहरु लाई अत्यन्तै सजग भई काम गर्नका लागि कर्मचारीलाई उत्प्रेरित गरेका थिए। त्यसै गरी पव्लिक संचालक विधा श्रेष्ठले फिल्ड कर्मचारी संस्थाको मेरुदण्डको रुपमा रहने विचार ब्यक्त गर्दे, संस्थाका राम्रा कुराहरु लाई वजारीकरण गर्नु आजको अपरिहार्यता रहेको धारणा ब्यक्त गरिन। 

आधिखोला लघुवित्तका अध्यक्ष तथा एमएनए का कोषाध्यक्ष नरेश केसी

नायव प्रमुख कार्यकारी अधिकृत वावुराम कुवँरले कर्मचारीहरु भनेको संस्थाका गहना भएको र संस्थाको छवि उचो वनाउनका लागि सदैव असल कर्मचारीको आवश्यक्ता रहने कुरा लाई जोड दिदै , वर्तमान अवस्थामा सदस्य सँगको असल सम्वन्धको कारण ले नै संस्थाले गति लिने भएकाले संस्थाका नीति नियमहरुको अध्यन गरि सोही अनुरुप कार्यक्षेत्रमा लागु गर्नका लागि तालिममा सहभागी लाई निर्देशन दिए। तालिममा विभागिय प्रमुखहरुले विभिन्न विषयमा सहजीकरण गरेका थिए ।  

संस्थाको चुक्ता पुँजी १० करोड रहेको र मर्जर प्रकृयाका कारण शेयर कारोवार लामो समय देखि रोक्का रहेको कारण सर्व साधरणले कारोवार गर्न नपाएको गुनासो रहदै आएको पाइन्छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved