एनआईसी एशिया लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2021 | 03:37:26 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया लघुवित्त NIC ASIA Laghubitta Bittiya Sanstha ले झापाको कनकाई नगरपालिका २ जामुनखाडिमा वित्तीय साक्षरता साथै सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

शाखा कार्यालय जामुनखाडिले विहानको समयमा सफा वतावरण, हाम्रो अभियान भन्ने नाराका साथ करिब ६० जनाको सहभागितामा सरसफाई कार्यक्रम समपन्न गरेको छ । आउँदै गरेकै बडा दशैं तथा शुभ दिपावलिको शुभकामना आदान प्रदान साथै सरसफाई कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

जामुनखाडि स्र्पोट क्लब, नमुना महिला समुह, सप्तरङ्गि महिला समुह र कृषि सहकारी संस्था लि. को सहयोग र एनआईसी एशिया लघुवित्तको आयोजनामा जामुनखाडि बजार परिसर र प्रमुख पर्यटकीय स्थल जामुनखाडि सिमसार क्षेत्र सरसफाई गरिएको हो ।

शाखाले करिब १०० जनाको सहभागितामा बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशीलता, पैसाको महत्तव, नोटको जतन, वीमा, विप्रेषण, वित्तीय साक्षरताको महत्तव, बैंकका प्रकार, डिजिटल्याईजेशन लगाएतका विषयमा वित्तीय साक्षरता कार्यक्रम पनि आयोजना गरेको छ ।

संस्थाले स्थानीयलाई डस्टविन साथै झाडु समेत हस्थान्तरण गरेको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved