काठमाडौँ प्रवेश गर्यो साधना लघुवित्त, नागार्जुनमा खोल्यो पहिलो शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2021 | 06:55:23 PM मा प्रकाशित

laxmi  sunrise bank
साधना लघुवित्तले काठमाडौँ जिल्लाको नागर्जुनमा नयाँ शाखा उद्घाटन गरेको छ । संस्थाले शनिबार काठमाडौँमा पहिलो शाखाको रूपमा नागार्जुन शाखा कार्यालय उद्घाटन गरेको हो ।

शाखा कार्यालयको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैङ्कका सञ्चालक रामजी रेग्मीले लघुवित्तले घरदैलोमा बैंकिङ्ग सेवा पुर्याउन भूमिका खेल्दै आएको बताए । उनले राष्ट्र बैङ्कले नेपालमा क, ख, ग, घ वर्ग जस्ता संस्थाहरू नेपालमा कति वटा चाहीने हो प्रस्ट रूपमा अध्ययन गरेर नयाँ संस्थाको लाइसेन्स दिनुपर्ने बताए ।

संस्थाले चालु आर्थिक वर्षको असोज महिनामा १६ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कार्यक्रममा बोल्दै लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले ४ वर्षअघि ६७ जना व्यक्ति, एनसिसि बैङ्क र साङ्ग्रिला विकास बैङ्क प्रमोटर रहेर साधनाको जन्म भएको बताए ।  न्यौपानेले ग्रामिण तथा सहरी क्षेत्रमा वित्तीय सेवा सँगै वित्तीय साक्षरता आजको आबश्यकता रहेको हुदा वित्तीय साक्षरता कार्यक्रमलाइ जोड दिई राज्यको दुर दराजमा सहज, सरल र उत्कृष्ट वित्तीय सेवा उपलब्ध गराउन बित्तीय संस्था प्रतिबद्ध रहेको बताए ।

४ वर्षको छोटो अबधिमा वित्तीय संस्थाले ३१ जिल्लामा ९३ वटा शाखा कार्यालय मार्फत ३ अर्ब ८० करोड कर्जा लगानी गरेको छ । गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्थाले ७७ हजार भन्दा बढी घरपरिवारलाई प्रत्यक्ष वित्तीय सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved