जनउत्थानद्धारा मृतकको परिवारलाई बीमा दाबी रकम हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2021 | 06:22:05 PM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्तले बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।

ओमसतीया गाँउपालीका वडा नं. १, पडसरी रुपन्देहीस्थित शाखा कार्यालयमा आबद्ध (केन्द्र नं. ९४) आर्शिबाद बैकिङ्ग समुदायकी सदस्य स्व. गीता गुरुङ्गको मृत्यु पश्चात उनका श्रीमान रबिन्द्र कुमार थापालाई बीमा दाबी रकम हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

बीमित सदस्यको २०७८ भदौ १० गते ४७ वर्षको उमेरमा मृत्यु भएको थियो । स्व. गुरुङ्गले यस संस्थामा मिति २०७६ असार १७ गतेबाट आबद्ध भई बचत तथा कर्जा कारोबारमा संलग्न रहेको र मिति २०७७ भदौ १५ गते १ लाख रुपैया कर्जा उपभोग गरेकोमा नीज सदस्यको मृत्यु पश्चात बीमा दाबीबाट १ लाख १० प्राप्त भएकोमा नीजले उपभोग गरेको कर्जा मध्य बाँकी कर्जा रकम ६३ हजार ८२६ कट्टा गरी बाँकी नगद रकम ४६ हजार १७४ हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved