लघुवित्त बैंकर्स संघमा सर्वसम्मत नयाँ नेतृत्व चयन, प्रकाशराज शर्मा अध्यक्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2021 | 08:27:16 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त वित्तीय सँस्थाहरुको सीईओहरुको छाता संगठन 'नेपाल लघुवित्त बैंकर्स संघ' को अध्यक्षमा प्रकाशराज शर्मा निर्विरोध चयन भएका छन् । संघमा नयाँ नेतृत्व चयनको लागि चुनाव हुने तयारी गरीए पनि अन्तिम समयमा अध्यक्ष सहित सबै पदमा निर्विरोध नयाँ समिति चयन भएको हो । 

जस अनुसार उपाध्यक्षमा मिन बहादुर बोहरा, महसचिवमा राम बहादुर यादव, कोषाध्यक्षमा प्रेम बहादुर पाठक र सचिवमा केशव कुमार पौडेल चयन भएका छन् । सदस्यहरुमा बिमला योगी, बिनोद आचार्य, बद्रि प्रसाद दुलाल, प्रविण कुमार लामा र गंगाधर पाण्डे चयन भएका छन् । 

बसन्त लम्साल नेतृत्वको हालको कार्य समितिको २ वर्षे कार्यकाल सकिएपछि संघको आज सम्पन्न साधारणसभाले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved