मिर्मिरे लघुवित्तको सीईओमा पुष्कर राज जोशी नियुक्त, २३ वर्षको बैंकिङ अनुभव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2021 | 02:31:48 PM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त वित्तीय संस्था Mirmire Laghubitta Bittiya Sanstha  को प्रमुख कार्यकारी अधिकृतमा पुष्कर राज जोशी नियुक्त भएका छन्। कम्पनीको २२१ औं सञ्चालक समितिको बैठकले उनलाई कार्तिक ८ गतेबाट लागु हुने गरि आगमी ४ वर्षको कार्यकालका लागि नियुक्त गरेको हो।

तत्कालिन प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोले स्वेच्छिक अवकाश लिए पश्चात खालि रहेको पदमा जोशीलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा संस्थाले नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएको हो ।

बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकर जोशीसँग कञ्चन डेभलपमेन्ट बैंक र  भार्गव विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव छ। जोशीले पछिल्लो समयमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । जोशीसंग २३ वर्ष भन्दा लामो अवधिको बैंकिङ अनुभव रहेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved