स्वावलम्वन लघुवित्तका कर्मचारी ७९ दिनदेखि आन्दोलनमा, समस्या समाधानको लागि राष्ट्र बैंकलाई आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 27, 2021 | 10:01:51 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वावलम्वन लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु आन्दोलित बनेका छन् । यस अघि भएका विभिन्न सहमति कार्यन्वयन नभएको, र व्यवस्थापनले ट्रेड युनियनमा रहेका ७ जना कर्मचारीहरुलाई बर्खास्त गर्ने नियत राखी सात दिने प्रष्टीकरण सोधेको तथा पत्रिकामा सूचना समेत निकालेर सामाजिक रुपमाम चरित्रहत्या गर्न खोजेको भन्दै उनीहरु आन्दोलित भएका हुन्। 

लघुवित्तको कर्मचारीको ट्रेड युनियन 'स्वावलम्वन बैंक कर्मचारी संगठन'ले समस्या समधानको लागि विभिन्न निकायहरुलाई आग्रह गरेको छ । संगठनले  यस अघि भएका सहमति कार्यन्वयन गर्नु पर्ने,  ७ जना कर्मचारीहरुलाई बर्खास्त गर्ने नियत राखी सोधिएको सात दिने प्रष्टीकरण फिर्ता गरिनु पर्ने, र वार्ता तथा छलफलबाट समस्या समाधान गर्नु पर्ने माग राखेको छ। यी माग पुरा नभए संगठनले जस्तो सुकै कदम पनि चाल्न बाध्य हुने र सो कदमबाट हुने क्षतिको जिम्मेवारी संस्था स्वयंले लिनु पर्ने चेतावनी संगठनले दिएको छ ।  

संगठनका महासचिव प्रदिप वाग्लेले संस्था व्यवस्थापनले श्रम सम्बन्धि कानुनद्वारा प्रदत अधिकारको प्रयोग गर्नमा बन्देज लगाएको, ट्रेड युनियनको संचालन र त्यसको प्रशासनिक कार्यमा हस्तक्षेप गरेको, विगतमा नियामक निकायको मध्यस्थतामा भएका सहमतिहरु समेत दशकौ देखि कार्यान्वयन नगरेको, पाँचौ तहका कार्यालय प्रमुखलाई कायम मुकायमको जिम्मेवारी नदिने गरेको, अतिरिक्त समय काम गरे वापत अतिरिक्त भत्ताको व्यवस्था नगरेको, दैनिक ज्यालादारी कर्मचारीहरुलाई नेपाल सरकारले तोकेको न्यूनतम ज्याला तथा श्रम ऐनले व्यवस्था गरेका न्यूनतम सेवा सुविधा समेत उपलब्ध नगराएको, कोभिड-१९ वाट संक्रमित भएका २५० जना कर्मचारीहरुलाई उपचार गर्दा लागेको खर्च लामो समयदेखि विमा कम्पनीवाट भुक्तानी नआएको बहानामा संस्थाको तर्फवाट कुनै सुविधा दिने व्यवस्था नगरेको, व्यवस्थापकिय, सहायक तथा सहयोगी श्रेणीका कर्मचारीहरुको तलब, ग्रेड तथा भत्ता बृद्धि समायोजन गर्दा पटक पटक भेदभाव भएकोले उपरोक्त व्यवस्थाहरु स्थापित गराउन तथा भेदभाव अन्त्य गर्न यस संगठन बिरोधका कार्यक्रम संचालन गर्न बाध्य भएको बताएका छन्।

विगतका सहमतिहरु कार्यान्वयन गर्न विज्ञप्ती मार्फत समस्या समाधान गर्न अनुरोध गरेको, श्रम ऐन तथा प्रचलित कानुनको अधिकार प्रयोग गरि बिरोधका कार्यक्रम घोषणा गरि विगत ७९(उनानअसी) दिन देखि शान्तिपूर्ण धर्ना गर्दा संस्थाको सम्पूर्ण कामकाज ठप्प भई ग्राहक सदस्यहरु निक्षेप तथा कर्जा कारोबारवाट वञ्चित हुदा समेत औपचारीक वार्ता तथा छलफलको माध्यमवाट समस्या समाधान गर्नुको साटो शान्तिपूर्ण धर्नामा सहभागी रहेका युनियनकर्मी कर्मचारी/श्रमिकहरुलाई कारबाही गर्ने उद्देश्यले जानी जानी झट्ठो प्रमाण सृजना गरेर, जानी जानी दुःख वा हैरानी दिने उद्देश्य राखी, कर्मचारी कर्मचारीहरु विच बैमनश्यता वा मनमुटाव ल्याउने उद्देश्यले मिति २०७८/०४/२५ गते देखि हालसम्म सयौं जना कर्मचारी शान्तिपूर्ण धर्नामा सहभागी हुदा पनि धर्नामा सहभागी मध्ये ७(सात) जनालाई मिति २०७८/०७/ दैनिक कान्तिपुर पत्रिकामा लिखित स्पष्टिकरण पेश गर्ने बारेको सूचना अनुसार सेवावाट बर्खास्त गर्ने संस्था व्यवस्थापनको दमनकारी कदमको संगठनले विरोध गरेको।

संगठनले समस्या समाधान गराई पाऊ बारेको पत्र नेपाल राष्ट्र बैंकको गभर्नरको कार्यालयमा,डेपुटी गभर्नरहरुको कार्यालयमा, , बैंक तथा वित्तीय संस्था नियमन विभागमा,  लघुवित्त संस्था सुपरिवेक्षण विभागमा पत्र प्रेसित गर्दा पनि समस्या समाधानको लागी कुनै ठोस पहल नभएको संगठनले जनाएको छ । संगठनले नेपाल राष्ट्र बैंकको रहोवरमा दुई पक्ष विच वार्ता/ छलफल गराई समस्या समाधान गराई दिनको लागि आग्रह गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved