लक्ष्मी लघुवित्तको ७८ औ शाखा संखुवासभाको मुढेमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2021 | 01:21:47 PM मा प्रकाशित

laxmi  sunrise bank

 लक्ष्मी लघुवित्त Laxmi Laghubitta Bittiya Sanstha  ले संखुवासभाको मुढेमा शाखा सञ्चालानमा ल्याएको छ । यो कम्पनीको ७८ औ शाखा हो ।

संस्थाका संचालक समितीका अध्यक्ष जिवन प्रकाश लिम्बु र संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन्। शाखा उद्घाटन कार्यक्रममा संस्थाका सामान्य प्रशासन विभागका विभागिय प्रमुख  दिलिप शर्मा र संस्थाको ०१ ने प्रदेश कार्यलय प्रमुख भिम न्यौपाने पनि उपस्थित रहेको कम्पनीले जनाएको छ  । 

संस्थाले भबिष्यमा लक्ष्मी बैंकको शाखारहित बैंकिड सेवापनि उपलब्ध गराउने संचालक समितीका अध्यक्ष जिवन प्रकाश लिम्बुले जानकारी दिएका छन्  । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत शर्माले संस्थाको परिचय, स्थापना, कार्यक्षेत्र र आगामी रणनितिको बारेमा जानकारी गराएका थिए।

संस्थाको कार्यक्षेत्र बिस्तार,सम्भावना,चुनौति,यसको आवश्यकता र महत्वको बारेमा उक्त शाखाका शाखा प्रमुख महेश लुईटेलले प्रतुतिकरण दिएका थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved