आरम्भ चौतारी र देउराली लघुवित्तको एकिकृत कारोबार सुरु, देश कै ठूलो बन्ने लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2021 | 07:11:31 PM मा प्रकाशित

laxmi  sunrise bank

आरम्भ चौतारी लघुवित्त र देउराली लघुवित्त बिच एकीकृत कारोबार शूभारम्भ भएको छ ।  काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा न. १० मा रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडां ४ मा रहेको देउराली लघुवित्त वित्तीय संस्था लिमिटेड लाई प्राप्ति गरि एकीकृत कारोबार शुभारम्भ गरेको हो ।

एकीकृत कारोबार शुभारम्भ गर्दै प्रमुख अथिति नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले आजको मिति सम्म नेपालमा लघुवित्तहरुको संख्या ६८ वटा रहेकोमा यो संख्या अझै बढी भएकोले नेपालमा कति संख्यामा बैंक तथा लघुवित्तहरु आवश्यक हुन्छ भन्ने सम्बन्धमा अध्ययन भईरहेको बताउदै केही नितिगत कुराहरुमा सुधार गर्नु पर्ने बताएका छन् ।

  एकीकृत कारोबार पश्चात चुक्ता पुजी ३० करोड ६९ लाख २३ हजार पुगेको छ भने सदस्य संख्या ९२ हजार ९ सय १४ र ऋणी संख्या ५२ हजार ९ सय ५२ पुगेको छ । त्यस्तै बचत परिचालन १ अर्ब ४७ करोड ६५ लाख ५७ हजार  र लगानीमा रहेको कर्जा ५ अर्ब ३२ करोड २४ लाख ८ पुगेको तथा ५२ जिल्लामा १४९ शाखा संजाल मार्फत सेवा पुगेको कम्पनीले जनाएको छ ।

कार्यक्रमको  संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले आफ्नो लक्ष्य भनेको देशको ठुलो लघुवित्त संस्था बन्ने गरि अगाडी बढीरहेका र  यो अभियानलाई सफल बनाउन यहाहरु सबैको सहयोगको आवश्यकता पर्ने र  त्यसको लागि सबैबाट सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । हाल लघुवित्त संस्थालाई लाई ठुलो चुनौती रहेको र  चुनौतीहरु केही नितिगत समेत भएकोले हटाउन पहल गरिरहेको उनले बताए । अहिलकोे अवस्थामा सानो सानो ब्यावसायलाई प्रोत्साहन गरिरहेकोले लघुवित्त अपरिहार्य रहेको उनले बताए। यसले समाजिक आर्थिक अवस्थालाई सुधार गरिरहेको  उनको भनाई थियो ।

आजै बसेको संचालक समितिकोे बैठकले आरम्भ चौतारी लघुवित्तका संचालक पुष्पराज ढकालले दिएको राजिनामा स्विकृत गर्दै पुर्व सहमति अनुसार नै देउराली लघुवित्तको तर्फबाट बिनोद ज्ञवाली लाई संचालक नियुक्त गरेको छ । सोही बैठकको निर्णय अनुसार देउराली लघुवित्तका प्रमुख कार्यकारी अधिकृत  शिव प्रसाद ज्ञवाली कम्पनी सचिबमा नियुक्तिभएका छन् ।

१००: ८४ को स्वापमा मर्जर प्रक्रिया सम्पन्न भएको हो  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved