धौलागिरी लघुवित्तको प्रथम त्रैमासिक प्रगति समिक्षा सम्पन्न, खुद नाफा करोड नजिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2021 | 09:26:31 AM मा प्रकाशित

laxmi  sunrise bank

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो प्रथम त्रैमासिक प्रगति समिक्षा तथा संस्थागत सुसाशन तालिम सम्पन्न गरेको छ। तालिममा संस्थागत शुसासन तथा निती निर्देशनको पालना सम्बन्धमा सहभागिलाई प्रशिक्षीत गरिएको थियो।

संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराको अध्यक्षता संस्थाका अध्यक्ष ईश्वरलाल राजभण्डारीको प्रमुख अतिथ्यता, संचालक सदस्य हरि प्रसाद शर्मा र सिर्जना थापाको अतिथ्यतामा संस्थाको केन्द्रिय कार्यालयका पदाधिकारीहरु, अनुगमन अधिकृतहरु र शाखा प्रवन्धकहरु वीच पहिलो त्रैमासिकको प्रगतिको समिक्षा गरिएको थियो। 

योजना विभागीय प्रमुख रामचन्द्र बास्तोलाबाट प्रथम त्रैमासिक शाखागत प्रगति समिक्षा प्रस्तुतीकरणलाई ब्लकस्टेशनका अनुगमन अधिकृतहरुबाट सहकार्य र शाखा प्रमुखबाट सो विषयवस्तुहरु माथि आफ्नो विचार विमर्शहरु राखेका थिए।  

संस्थाका कम्पनी सचिव निर्मल गौतमले संस्थागत शुसासन तथा निती निर्देशनको पालना सम्बन्धमा सहभागिलाई प्रशिक्षीत गरेका थिए। त्यसै गरि कर्जा सुचनाको जानकारी र सोको प्रभावकारी कार्यन्वयन सम्बन्धमा सुचना प्रबिधी बिभाग प्रमुख असोक थापा र कर्जा जोखीम व्यवस्थान, कर्जा बिश्लेषण तथा कर्मचारीको क्षमता अभिबृद्धी सम्बन्धमा क्रमश : कर्जा बिभाग प्रमुख हेमलाल थापा, दिल कुमारी श्रीस, प्रकाश बहादुर बोगटी, लोकेन्द्र पौडेल र दुर्गा बहादुर थापाले सहजीकरण गरिएको उक्त कार्यक्रम सामान्य सेवा विभागीय प्रमुख लोकन्द्र पौडेलको संचालनमा सम्पन्न भएको थियो । 

 संस्थागत प्रगति समिक्षा सहित जोखिम व्यवस्थापन, संस्थागत सुशासन, बैंक तथा वित्तीय संस्थाको ऐन कानुन विषयहरुमाथि शाखा प्रवन्धक टंक प्रसाद ढकाल, यमनाथ शर्मा, नविना श्रेष्ठ, लोक बहादुर घर्ति, राम कुमार लिम्वु, राजेश थारु को सक्रिय सहभागीता रहेको उक्त कार्यक्रममा प्रथम त्रैमासको प्रगतिको आधारमा खैरेनी शाखा प्रथम, बरेङ शाखाले दोस्रो र वामीटक्सार शाखाले तेस्रो स्थानमा हासिल गरेकोले उक्त शाखाहरुलाई पुरस्कार सहित सम्मानीत गरिएको थियो भने त्रैमासिक लक्ष्य पूरा गर्ने उक्त ३ शाखा सहित शाखा कार्यालयहरु भिमफेदी, सिमलचौपारी, नौडाडा, सिसहनीया र कोल्हुवालाई समेत शत प्रतिशत लक्ष्य हासिल गरेकोले पुरस्कृत गरिएको थियो । 

सो कार्यक्रममा सहभागी शाखाको तर्फबाट कोपवा शाखाको शाखा प्रवन्धक अन्जना सुनार र बेनौली शाखाको प्रवन्धक लाल महम्मद बाट मन्तव्य राखेका थिए। 

३४ हजार सदस्य आवद्ध धौलागिरि लघुवित्त वित्तीय संस्थाले १७ हजार ऋणी सदस्यहरुलाई १ अर्व ४१ करोड लगानी सहित ५८ करोड बचत कारोवार गरेको छ। नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको इजाजत प्राप्त गरी १९ जिल्लाको ४४ वटा शाखा र २ सम्पर्क कार्यालयहरुबाट १९६ प्रत्यक्ष कर्मचारीलाई रोजगारी प्रदान गर्दै वित्तीय कारोवार गरेको धौलागिरिको पहिलो त्रैमाससम्म यस वित्तीय संस्थाको खुद नाफा ९८ लाख रहदा प्रति शेयर आम्दानी ५५।८५ रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved