लघुवित्तका सदस्यले सामुहिक जमानीमा लिन पाउने कर्जाको सिमा बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2021 | 04:08:25 PM मा प्रकाशित

laxmi  sunrise bank

लघु उद्यम वा व्यवसाय संचालन गर्नलाई लघुवित्तका सदस्यहरुले सामुहिक जमानीमा लिन पाउने कर्जाको सिमा बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार लघुवित्त वित्तीय संस्थाहरुलाई एकिकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो। 

जारी एकीकृत निर्देशनमा उल्लेख व्यवस्थाअनुसार विपन्न तथा न्यून आय भएका व्यक्तिलाई सामुहिक जमानीमा लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रति समूह सदस्य बढीमा ५ लाखसम्म लघुकर्जा उपलव्ध गराउन सकिने छ। यस निर्देशन अगाडी यस्तो कर्जाको सीमा ३ लाख थियो। 

त्यस्तै विगत दुई वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका समूह सदस्यको हकमा रु.७ लाख सीमा कायम गरिएको छ। यस अगाडी यस्तो कर्जाको सीमा ५ लाख कायम गरिएको थियो।

त्यस्तै लघुवित्तहरुले नवीकरणीय ऊर्जा प्रविधि अन्तर्गत सोलार होम सिस्टम र बायो ग्याँस प्रयोजनको लागि प्रति परिवार बढीमा रु.३ लाख सम्मको लघुकर्जा उपलब्ध गराउन सक्नेछन। यस अगाडी यस्तो कर्जाको सिमा २ लाख कायम गरिएको थियो।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved