लघुवित्तले पनि उच्च पदस्थ व्यक्तिको पहिचान गर्नु पर्ने, सम्पत्ति शुद्धीकरण निवारणको ब्यबस्था लागु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2021 | 04:13:40 PM मा प्रकाशित

laxmi  sunrise bank

अब लघुवित्त वित्तीय संस्थाले पनि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७ बमोजिम उच्च पदस्थ व्यक्तिको पहिचान गर्नु पर्ने भएको छ । नेपाल रश्र्ता बैंकले आज एक निर्देशन जारी गर्दै  संस्थाले ग्राहक÷सदस्यसँग व्यावसायिक सम्बन्ध स्थापित गर्दा वा कारोवार गर्दा उच्च पदस्थ व्यक्तिको पहिचान गर्ने संन्यत्र÷प्रणालीको विकास गर्नु पर्ने निर्देशन दिएको हो ।

यस क्रममा उच्च पदस्थ व्यक्तिको परिवार तथा सम्बद्ध व्यक्तिको समेत पहिचान गर्नु पर्नेछ । उच्च पदस्थ व्यक्तिको पहिचान गर्ने प्रक्रियाअन्तर्गत सम्बन्धित व्यक्तिबाट सूचना लिने वा स्वःघोषणा गर्न लगाउने, सार्वजनिक रुपमा उपलब्ध सूचना एवम् व्यावसायिक रुपमा उपलब्ध हुने तथ्याङ्क लाई लिन सकिने छ । उच्च पदस्थ व्यक्तिसँग व्यावसायिक सम्बन्ध स्थापना गर्नु पूर्व संस्थाको माथिल्लो व्यवस्थापकीय तहको स्वीकृति लिएर मात्र गर्नु पर्नेछ । 

 उच्चपदस्थ व्यक्ति भन्नाले स्वदेशी उच्चपदस्थ व्यक्ति, विदेशी उच्चपदस्थ व्यक्ति वा अन्तर्राष्ट्रिय संस्थाको उच्चपदस्थ व्यक्ति सम्झनु पर्छ र सो शब्दले नेपाल सरकारले राष्ट्रिय समन्वय समितिको सिफारिसमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको वर्गको व्यक्ति समेतलाई जनाउँछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved