शीघ्र सुधारात्मक कारवाहीमा परेका लघुवित्तले लाभांश वितरण गर्न नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2021 | 04:19:47 PM मा प्रकाशित

laxmi  sunrise bank

शीघ्र सुधारात्मक कारवाहीमा परेका लघुवित्तले लाभांश वितरण गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आज मंगलबार लघुवित्तहरुलाई एकिकृत निर्देशन जारी गर्दै यस्तो ब्यबस्था गरेको हो । 

जस अनुसार अब आर्थिक वर्ष समाप्त भएको मितिदेखि वार्षिक साधारण सभाको स्वीकृति लिने मितिसम्मको अवधिमा शीघ्र सुधारात्मक कारवाही फुकुवा नभएको अवस्थामा लघुवित्त वित्तीय संस्थाहरुले नगद लाभांश तथा बोनस सेयर घोषणा÷वितरण गर्न पाइने छैन । 

यस अघि 'लघुवित्त वित्तीय संस्थाहरुले कुनै आर्थिक वर्षको अन्त्यमा बाह्य लेखापरीक्षकबाट प्रमाणित वित्तिय विवरणबाट तोकिएको अनुपातमा न्यूनतम पुँजी कोष कायम भए तापनि सो आर्थिक वर्ष समाप्त भएको मितिदेखि वार्षिक साधारण सभाको स्वीकृति लिने मितिसम्म फुकुवा नभएको अवस्थामा लाभांश तथा बोनस सेयर घोषणा÷वितरण गर्न पाइने छैन ।' भन्ने ब्यबस्था थियो ।

राष्ट्र बैंकले  “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकत निर्देशन, २०७७ मा संशोधन परिमार्जन थप गरि सोही बमोजिम गर्न गराउन आज मंगलबार नयाँ निर्देशन जारी गरेको हो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved