सिभिल लघुवित्तका कार्यालय प्रमुखहरुलाई तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2021 | 05:05:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल लघुवित्त Civil Laghubitta Bittiya Sanstha  ले कार्यालय प्रमुखहरुको क्षमता अभिवृद्धि गर्नका लागि तालिम दिएको छ । लघुवित्तले धितो पहिचान तथा शाखा व्यवस्थापन सम्बन्धी तालिम दिएको हो । 

मंसिर २ देखि ५ गतेसम्म चितवनको सौराहामा सञ्चालन भएको उक्त कार्यक्रममा संस्थाका शाखा प्रमुख, क्लस्टर प्रमुख, केन्द्रीय कार्यालयका कर्मचारी लगायत करिब १०० जनाको सहभागिता रहेको थियो । 

तालिम कार्यक्रमको उद्घाटन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले संस्थाले हासिल गरेको उत्साहजनक प्रगति तथा नतिजा कर्मचारीहरुकै अथक मिहेनत, प्रयास र परिश्रमको फल भएको बताए । उनले संस्थाहरुबीच तीव्र प्रतिस्पर्धा रहेको भन्दै जिम्मेवारी र गुणस्तर सहितको सेवा प्रदान गर्न निर्देशन पनि दिए ।

संस्थाका अध्यक्ष सचिन जङ्ग रायमाझी तथा सञ्चालकहरुले सहभागीहरुसँग अन्तक्रिया पनि गरेका थिए ।

सिभिल बैंकको सहायक कम्पनीको रुपमा रहेको राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस संस्थाले हालसम्म ७४ शाखा कार्यालयमार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved