एनआईसी एशिया लघुवित्तका अध्यक्ष ढकालले लिए सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2021 | 09:29:43 AM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया लघुवित्त NIC ASIA Laghubitta Bittiya Sanstha  का नवनिर्वाचित अध्यक्ष कपिल ढकालले  पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकको  बैक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालबाट आफ्नो पद तथा गोपनियताको सपथ लिएका हुन्।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ बमोजिम उनले शपथ लिएका हुन् । संस्थामा निर्वाचित÷मनोनयन भएको प्रत्येक सञ्चालकले आफू निर्वाचित वा मनोनित भएको मितिले बढीमा ३५ दिनभित्र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ बमोजिम पद तथा गोपनीयताको शपथ लिइ सक्नु पर्ने भन्ने व्यवस्था रहेको छ ।

संस्थाको चौथो बार्षिक साधारण सभाबाट संचालकमा निर्विरोध निर्वाचित भई लगत्तै बसेको संचालक समितिको बैठकले कपिल ढकाललाई अध्यक्ष पदमा सर्वसहमत रुपमा चयन गरेको थियो ।

कम्पनीले ७४ जिल्लामा २८५ शाखा कार्यालयहरु मार्फत आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved