लक्ष्मी लघुवित्तले मनायो ११औँ वार्षिकोत्सव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2021 | 05:40:39 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंक Laxmi Bank Limited को सहायक कम्पनी लक्ष्मी लघुवित्त Laxmi Laghubitta Bittiya Sanstha  ले ११औँ वार्षिकोत्सव मनाएको छ । संस्थाले केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुमा विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।

शाखा कार्यालयबाट गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण, वित्तीय साक्षरता कार्यक्रम, रक्तदान कार्यक्रम, मन्दिर तथा टोल सरसफाई कार्यक्रम, बृद्धा आश्रममा खाद्यान्न सामाग्री वितरण गरिएको थियो । केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम तथा सामाजिक उत्तरदायित्व अन्र्तगत स्पाइनल इन्जुरी भएका विद्यार्थीहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको थियो ।

डिजिटाइजेसनलाई प्रवद्र्धन गर्ने उद्धेश्यले इ सेवामा उत्कृष्ठ कारोबार गरेका ५ वटा शाखालाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

एघारौं बार्षिकोत्सवलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले उत्प्रेरित कर्मचारी तथा उपयुक्त नीति कार्यान्वयबाट गुणस्तरीय सेवा प्रवाह गर्दै सन्तुष्ट ग्राहक निर्माणबाट संस्था सक्षम र सवल भएको वताए । 

संस्थाका सञ्चालक समितिका अध्यक्ष जीवन प्रकाश लिम्बुले संस्थालाई प्रगतीशिल मार्गमा अगाडी बढ्न शुभकामना व्यक्त गर्दै संस्थामा लक्ष्मी बैंकको प्रविधी, साख, सहयोग प्रदान प्रति प्रतिवद्ध रहेको भन्दै संस्थाका कर्मचारी साथीहरुलाई अझ उर्जाशिल भई अगाडी बढ्न मार्गदर्शन प्रदान गरे ।

संस्थाले २०६९ जेष्ठ २२ गते नुवाकोटको बट्टारबाट लघुवित्त कारोवार शुरु गरेकोमा हाल आएर देशभर ५५ जिल्लाहरुमा  ७७ वटा शाखा कार्यालयहरु मार्फत ९६ हजार ग्राहक सदस्यहरुलाई प्रत्यक्ष वित्तीय सेवा पु¥याएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved