स्वावलम्वन लघुवित्तका कर्मचारीको आन्दोलनमा फियुनको ऐक्यबद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2021 | 06:31:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल  वित्तीय संस्था कर्मचारी संघ (फियुन) ले स्वावलम्वन लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । फियुनले   स्वावलम्वन  लघुवित्तमा गरिएको कार्य श्रमिक बिरोधी र असंवैधानिक कदम भएको भन्दै त्यसको विरुद्ध लाग्न आग्रह गरेको छ ।

स्वालम्बन लघुवित्त संस्था कर्मचारी संगठनका पदाधिकारीहरुका विरुद्धको कारवाही फिर्ता नहुँदासम्म संघले आव्हान गरेका चरणबद्ध बिरोधका कार्यक्रम जारी राख्न संघमा आबद्ध प्रतिष्ठानस्तरका कर्मचारी युनियन र सर्पूण बैंक, बीमा तथा वित्तीय क्षेत्रका कर्मचारीहरुमा संघले आह्वान गरेको छ।

संस्थाको उच्च व्यवस्थापनले श्रमिकको संवैधानिक अधिकार खोस्ने गरी तानाशाही र गैर संवैधानिक गतिविधि गरेको भन्दै संघले बिरोध गरेको छ। लघुवित्तमा भईरहेको कार्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको फियुनले जनाएको छ ।

फियुनले भनेको छ 'स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडमा कृयाशिल यस संघसंग आबद्ध स्वावलम्बन बैंक कर्मचारी संगठनले प्रचलित ट्रेड युनियन ऐन तथा श्रम ऐन अनुसार व्यवस्थापन र कर्मचारी युनियन बीच भएको सहमतिहरुको कार्यान्वयन गराउने सन्दर्भमा त्यस युनियनले विगत ११५ दिन देखि निरन्तर दबाबमूलक कार्यक्रम गर्दै आएको छ । संस्थाको उच्च व्यवस्थापनले वार्ता र संवादबाट समस्याको समाधान खोजेर कर्मचारी युनियनसंग गरिएका सहमतिको कार्यान्वयन गर्नुको सट्टा संस्थाको केन्द्रीय कार्यालयबाट प्रवाह हुने दैनिक कार्यहरु समेत अन्यत्रबाट संचालन गरी आफ लामो समय देखि कार्यालयमा अनुपस्थित भई संस्था, सेवाग्राही, कर्मचारी र लगानीकर्तालाई समेत जोखिममा पारी संस्थाको समस्या समाधान गर्नुको सट्टा संविधान, श्रम ऐन, ट्रेड युनियन ऐन विपरित संस्थामा कृयाशिल ट्रेड युनियनका गतिविधिहरुलाई संकुचित र निषेध गर्ने मनसायले कर्मचारी युनियनका पदाधिकारीहरुलाई उनीहरुको संगठित हुने र सामुहिक सौदाबाजी गर्ने श्रमिकको मौलिक हक कुण्ठीत गर्नेगरी सुनियोजित र दुरासयपूर्ण किसिमले सेवाबाट बर्खास्त गर्ने सम्मको निकृष्ट कार्य गरेको प्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ।'

यस अघि भएका विभिन्न सहमति कार्यन्वयन नभएको, र व्यवस्थापनले ट्रेड युनियनमा रहेका ७ जना कर्मचारीहरुलाई बर्खास्त गर्ने नियत राखी सात दिने प्रष्टीकरण सोधेको तथा पत्रिकामा सूचना समेत निकालेर सामाजिक रुपमाम चरित्रहत्या गर्न खोजेको भन्दै लघुवित्तका कर्मचारी लामो समयदेखि आन्दोलित छन्। 

लघुवित्तको कर्मचारीको ट्रेड युनियन 'स्वावलम्वन बैंक कर्मचारी संगठन'ले समस्या समधानको लागि विभिन्न निकायहरुलाई आग्रह गरेको छ । संगठनले  यस अघि भएका सहमति कार्यन्वयन गर्नु पर्ने,  ७ जना कर्मचारीहरुलाई बर्खास्त गर्ने नियत राखी सोधिएको सात दिने प्रष्टीकरण फिर्ता गरिनु पर्ने, र वार्ता तथा छलफलबाट समस्या समाधान गर्नु पर्ने माग राखेको छ।  

 संगठनले समस्या समाधान गराई पाऊ बारेको पत्र नेपाल राष्ट्र बैंकको गभर्नरको कार्यालयमा,डेपुटी गभर्नरहरुको कार्यालयमा, , बैंक तथा वित्तीय संस्था नियमन विभागमा,  लघुवित्त संस्था सुपरिवेक्षण विभागमा पत्र प्रेसित गर्दा पनि समस्या समाधानको लागी कुनै ठोस पहल नभएको संगठनले जनाएको छ । संगठनले नेपाल राष्ट्र बैंकको रहोवरमा दुई पक्ष विच वार्ता/ छलफल गराई समस्या समाधान गराई दिनको लागि आग्रह गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved